पोखरामा स्वर्णिम एफसीको भेट्रान्स फुटसल सुरु

सेमिफाइनल समिकरण पूरा

पाेखरा | जेठ १८, २०८१

पोखरामा स्वर्णिम एफसीको भेट्रान्स फुटसल सुरु

पोखरा:   पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता सुरु भएको  छ ।

 

कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज  (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा  भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए ।

 

उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे ।

 

दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१  गोल अन्तरले हरायो ।

 

तेस्रो खेलमा नाफालाई  टेन टु इलाभेनले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे ।

 

अन्तिम क्वाटरफाइनल खेलमा  स्वर्णिम एफसी रेडले  दिपेन्द्र एफसीलाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा स्थान बनायो ।

 

अब सेमिफाइनल र फाइनल खेल शनिबार हुने क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।

 

उनका अनुसार शनिबार पहिलो सेमिफाइनल गार्डेन एफसी र (स्वर्णिम एफसी रेड) आयोजकबीच हुनेछ भने दोस्रो सेमिफाइनल एट टु नाइन र टेन टु इलाभेनबीच हुनेछ ।

 

कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल  तथा प्रमाणपत्र प्रदान गरिने छ । 

 

यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा  शिल्ड, मेडल तथा  प्रमाणपत्र  प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको  व्यवस्था गरिएको आयोजकले  जनाएको  छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्